काँग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छ : नेता डा कोइराला

काँग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छ : नेता डा कोइराला

२०८१, चैत्र ७ शुक्रवार

  • 777
    SHARES

  • काँग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छ : नेता डा कोइराला

    काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्रै हुनुपर्ने बताउनुभएको छ ।

    नेपाली काँग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली काँग्रेसको भूमिका’ का विषयक अन्तरक्रिया कार्यक्रममा नेता डा कोइरालाले महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताउनुभयो । उहाँले महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनुपर्ने बताउनुभयो ।

    “महाधिवेशन २०८२ मङ्सिरभित्र नभए काँग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो,” नेता डा कोइरालाले भन्नुभयो । उहाँले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै जनताको निराशालाई हटाउन जरुरी भएको धारणा राख्नुभयो ।

    नेता डा कोइरालाले काँग्रेस जनताको पार्टी भएकाले काँग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको बताउनुभयो । जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर हुनुपर्ने बताउँदै उहाँले नेतृत्व नसुध्रिए अप्ठ्यारो परिस्थिति सिर्जना हुने जिकिर गर्नुभयो । “नेपाली काँग्रेस जनताको पार्टी हो । नेपाली काँग्रेसलाई अहिले पनि जनता विश्वास गर्छ । तर, हामी सुध्रिनुप¥यो । जनतासँग गरेका वाचाहरूलाई पूरा गर्न अग्रसर हुनुप¥यो । त्यो गरेनौँ भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ,” नेता डा कोइरालाले भन्नुभयो । काँग्रेसको ध्यान सत्ता र सरकार केन्द्रित भइरहेको उहाँको भनाइ थियो ।

    २०८१, चैत्र ७ शुक्रवार०९:४५:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार