‘राजसंस्था फर्काउने कुरा त आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो’-गोकुल बास्कोटा

‘राजसंस्था फर्काउने कुरा त आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो’-गोकुल बास्कोटा

२०८१, चैत्र १० सोमवार

  • 917
    SHARES

  • ‘राजसंस्था फर्काउने कुरा त आकाशको जुनतारा खसाल्ने सपना देखे जस्तै हो’-गोकुल बास्कोटा

    काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपन्चहरूको एउटै पार्टी बनाउने रहेको बताएका छन्।

    पछिल्लो समय राजसंस्था फर्काउने घोषणासहित राजावादी दलहरू एकजुट हुने प्रयास भइरहेको बेलामा नेता बास्कोटाले आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना रहेको विश्लेषण गरेका छन्।

    उनले भनेका छन्, ‘राप्रपाहरूले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपन्चहरूको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना हो।’

    उनले राजसंस्था फर्काउनको कुरा आकाशको जुनतारा खसाल्ने सपना जस्तै भएको तर्क गरेका छन्।

    २०८१, चैत्र १० सोमवार०१:३९:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार