प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

२०८१, चैत्र ११ मंगलवार

  • 729
    SHARES

  • प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

    काठमाडौँ। प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् ।

    विराटनगर जारी १० औँ महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

    राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए, तर नेतृत्वले निर्वाचन हुन दिएनन्, दाबी छाड्नुअघि उनले भावुक सम्बोधन गरेका थिए ।

    केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए,महासचिव हिरामान लामा नै दोहोरिएका छन् ।

    महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।

    २०८१, चैत्र ११ मंगलवार१०:२४:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार