हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा

हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा

२०८१, चैत्र १६ आइतवार

  • 709
    SHARES

  • हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका बर्खास्तीमा परेका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्न नमिल्नेमा परेको छ ।

    आज दुवै रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइमा परेको थियो ।

    शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।

    कुलमानले आफूलाई पुनर्वहालीको माग गर्दै रिट हालेका छन् । शाक्यले पनि यसअघि आफूलाई गैरकानूनीरूपमा हटाइएको भन्दै दायर गरेको रिट पनि विचाराधीन छ ।

    आज सोही मुद्धा एकैठाउँमा राखेर सुनुवाई गर्ने भनिएता पनि अब अनिश्चिततामा धकेलिएको छ । 

    २०८१, चैत्र १६ आइतवार०१:४९:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार