कांग्रेसभित्र समीक्षा जरुरी रहेको कोइरालाको धारणा

कांग्रेसभित्र समीक्षा जरुरी रहेको कोइरालाको धारणा

२०८१, चैत्र २६ बुधवार

  • 717
    SHARES

  • कांग्रेसभित्र समीक्षा जरुरी रहेको कोइरालाको धारणा

    चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र आन्तरिक समीक्षा जरुरी रहेको बताएका छन्।

    कांग्रेस चितवनद्वारा ३५ औँ जनआन्दोलन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताए।

    उनले भने, ‘विसं २०६२/०६३ को जनआन्दोलनपछिका वर्षहरुमा कांग्रेस कहाँनेर चुक्यो भन्ने कुराको समीक्षा जरुरी छ।’

    उनले थपे, ‘हामीले राम्रा काम पनि गरेका छौँ तर नराम्रा कामहरुको समीक्षा गरेर अघि बढ्न सके लक्ष्यमा पुग्न सकिन्छ।’

    कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको बताउँदै उनले कांग्रेसलाई बलियो बनाउन गुटको अन्त्य आवश्यक रहेको धारणा राखे।

    उनले भने, ‘कांग्रेसलाई बलियो बनाउने हो भने चिया पसलमा बसेर कांग्रेसको खुट्टा तान्ने काम नगरौँ। पार्टीलाई बलियो बनाउने काम गरौँ।’

    अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्नसकेमा मात्र सरकारमा भएको अनुभूति हुने उनको भनाइ थियो।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, गोविन्द भट्टराई, टेकप्रसाद गुरुङ, दिनेश कोइरालालगायतले जनतालाई बलियो बनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिए।

    २०८१, चैत्र २६ बुधवार०४:५२:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार