वार्तामा जान शिक्षक महासंघ तयार

वार्तामा जान शिक्षक महासंघ तयार

२०८१, चैत्र २७ बिहिवार

  • 869
    SHARES

  • वार्तामा जान शिक्षक महासंघ तयार

    काठमाडौँ । नेपाल शिक्षक महासंघ वार्तामा जान तयार भएको छ । सरकारले बोलाएको वार्तामा आज (बिहीबार) शिक्षक महासंघ जान लागेको हो ।

    महासंघका एक पदाधिकारीका अनुसार वार्ता समिति बनाउने वा को-को जाने भन्ने लगायत विषयमा रणनीति बनाउन बैठक बसिरहेको छ ।

    आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघ सहअध्यक्ष नानुमाया पराजुली महासंघ आन्तरिक छलफलमा रहेको बताउँछिन् ।

    शिक्षा मन्त्रालय स्रोतका अनुसार पनि शिक्षक महासंघले वार्तामा बस्ने बताएको छ ।

    शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेको छ ।

    २०८१, चैत्र २७ बिहिवार०४:३४:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार