तीन नेपाली क्रिकेटर विदेशी लिगका लागि प्रस्थान

तीन नेपाली क्रिकेटर विदेशी लिगका लागि प्रस्थान

२०७७, माघ ९ शुक्रवार

  • 1.9K
    SHARES

  • तीन नेपाली क्रिकेटर विदेशी लिगका लागि प्रस्थान

    माघ ९, काठमाडौँ ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन् । उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन् । 

    खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् । यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्ने छन् । टी–१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई पुगिसकेका छन् । उनले अरेबियन्स टोलीबाट खेल्ने छन् । 

    टी–१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता जनाएनन् । खड्काले भने एउटा खेल खेलेका थिए । टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

    यी चार खेलाडीका अलावा स्टार क्रिकेटर सन्दिप लामिछाने बिश्व क्रिकेटमा नेपाली झण्डा बोकेर दौडिरहेका छन् । 

    २०७७, माघ ९ शुक्रवार१२:५५:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार