प्याव्सन र एन प्याव्सनको शिक्षक आन्दोलनमा ऐक्यवद्धता पश्चात निजी शिक्षक खुशी, बढ्यो आन्दोलनमा सहभागिता 

प्याव्सन र एन प्याव्सनको शिक्षक आन्दोलनमा ऐक्यवद्धता पश्चात निजी शिक्षक खुशी, बढ्यो आन्दोलनमा सहभागिता 

२०८१, चैत्र २८ शुक्रवार

  • 1.0K
    SHARES

  • प्याव्सन र एन प्याव्सनको शिक्षक आन्दोलनमा ऐक्यवद्धता पश्चात निजी शिक्षक खुशी, बढ्यो आन्दोलनमा सहभागिता 

    काठमाडौं । नेपाल शिक्षक महासंघद्धारा जारी सडक आन्दोलनमा निजी विद्यालयका शिक्षकको संख्या उल्लेख्य बढेको पाइएको छ । 

    नयाँ शिक्षा ऐनमा शिक्षकका हकहितका मुद्धा स्थापित गरि तत्काल ऐन जारी गराउन चैत्र २० गते बाट सडक संघर्षमा होमिएको महासंघको आन्दोलनमा निजी विद्यालयका छाता संगठन प्याव्सन र एन प्याव्सनले समेत मंगलवार एक विज्ञप्ति जारी गर्दै आन्दोलनलाई समर्थन गरेका थिए । 

    शिक्षकका हकहितका मुद्धा स्थापित गराउन निजी विद्यालयका संचालकहरुले नै ऐक्यवद्धता जनाएकामा त्यहाँ कार्यरत शिक्षक शिक्षिकाहरु नै आन्दोलनको मोर्चामा देखिएका हुन् । लामो समयसम्म विद्यालयमा नियुक्ति पत्र, सामाजिक सुरक्षा कोष, संचय कोष लगायतका अन्य सेवासुविधाका विषयमा छलफलै गर्ने अवस्था नरहेकामा अव त्यस्तो नहुने उनीहरुको विश्वास छ । 

    काठमाडौंका ग्यालेक्सी, सिद्धार्थ बनस्थली, केएमसी, न्यु समिट, एल आरआई, अरुणीमा, इस्टपोल, मनकामना, लिट्टिल एन्जेल्स, जेम्स, सुभतारा लगायतका हजारौं शिक्षकहरु आन्दोलनको मोरचामा रहेका त्यहाँ कार्यरत शिक्षकले जनाएका छन् ।

    हाल निजी विद्यालयको हकमा संस्थागत विद्यालय शिक्षक युनियन (ईष्टु) मा आवद्ध रहेर शिक्षकहरुले आफ्ना गतिविधि गरिरहेका छन् । 

    त्यस्तै, आन्दोलनको रापताप बढेसँगै नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय कार्यालयमै उल्लेख्य संख्यामा दिनहुँ निजी विद्यालयका शिक्षक शिक्षीका आईपुग्ने गरेका संगठनका राष्ट्रिय समिति सदस्य प्रकाश खनालले बताए । संगठनको समिक्षा बैठक चलिरहँदा बाहिर बसेर उक्त दिनको निर्णय सुन्न इृच्छुक शिक्षकको संख्या समेत उल्लेख्य देखिएको उनको भनाई छ । 

    सामुदायिक विद्यालयका शिक्षक सोसरह निजी विद्यालयका शिक्षक कर्मचारीका तलव, भत्ता, सामाजिक सुरक्षा कोष लगायतका सुविधा पुरा गराउन सगठन प्रतिवद्ध रहेको पनि खनालले बताए । 

    संगठनले केन्द्रदेखि स्थानियतहसम्मै निजी विद्यालयका शिक्षकहरुलाई संगठनका कमिटीमा स्थान दिएको छ । स्थानिय तहमा १, जिल्लामा ३ र केन्द्रमा पदाधिकारी सहित २ सदस्य संस्थागत विद्यालयका शिक्षक संगठनको केन्द्रीय कमिटीमा रहेका छन् । हाल १० हजार भन्दा बढी निजी विद्यालयका शिक्षक संगठनमा आवद्ध रहेको र यो संख्या बढाएर चाँडै ५० हजार पुर्याउने महासचिव हंश शाहीले बताए । 

    नेपाल शिक्षक संघमा निजी विद्यालयका शिक्षकको प्रवेशको व्यवस्था नभएपनि निष्टा मार्फत आफुसँग सुभेच्छुक शिक्षकलाई समेट्न प्रयासरत छ । 

    २०८१, चैत्र २८ शुक्रवार०७:५६:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार