दुई समुदायबीच झडप भएपछि वीरगञ्जमा कर्फ्यू 

दुई समुदायबीच झडप भएपछि वीरगञ्जमा कर्फ्यू 

२०८१, चैत्र २९ शनिवार

  • 661
    SHARES

  • दुई समुदायबीच झडप भएपछि वीरगञ्जमा कर्फ्यू 

    काठमाडौँ । दुई समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्जमा कर्फ्यू लगाएको छ।

    प्रशासनले आजै साँझ साढे ६ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू लगाएको हो।

    शनिबार हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा वीरगञ्जको छपकैयामा दुई समुदायबीच झडप भएको थियो।

    झडपका क्रममा पसलहरूमा तोडफोड र आगजनी भएको छ। अवस्था नियन्त्रणबाहिर गएपछि प्रशासनले कर्फ्यू लगाएको हो।

    २०८१, चैत्र २९ शनिवार०९:४७:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार