काठमाडौं । सरकारले २०८२ सालमा हुने विदासम्बन्धी सूची प्रकाशित गरेको छ । गृह मन्त्रालयले आज २०८२ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ सालमा ५२ वटा शनिबार परेका छन् भने ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका विदा छन् ।