केही प्रतिनिधि घटनाहरु:
१) अभिभावकहरु भन्नुहुन्छ हिजो आज घरमा केटाकेटीहरु पढ्दै पढ्दैनन् । खाली मोवाइलमा मात्र झुम्मिरहन्छन् । यसो मोवाइल धेरै नचालाउनु भन्यो झनक्क रिसाउछन् । केटाकेटीहरु रेडिमेड जवाफ फर्काँउछन् । मोबाइलबाट पढ्न लागेको क्या ! सरले नबुझेको मोवाइलबाट सर्च गरेर उत्तर खोज्नु भनेको छ । मोवाइल धेरै नचलाउनु भनेर सम्झाउन खोज्यो, रिसाउदै खुट्टा बजार्दै यताउता धेरै लागिहाल्छन् । पिट्यो ! घर छोडेर कता कता लाग्छन् ? २–४ दिन घर आँउदैनन् । ज्यादै डर लाग्दो अवस्था छ । के गर्ने होला ।
२) शिक्षकले विद्यार्थीलाई हिजो दिएको गृहकार्य खै ? भनेर सोध्यो भने ठाडो जवाफ दिन्छन् – छैन ? किन ? नगरेको भनेर पुन: प्रश्न गर्दा –आएन भन्छन् । शिक्षकले अनि किन हिजो नबुझेको कुरा नसोधेको त ? भन्दा थाहा छैन । विद्यार्थीको ठाडो ठाडो जवाफ आउछ । विद्यार्थीलाई गाली ग¥यो –केही होला भन्ने डर । पिट्यो केही होला भन्ने डर त्यसमाथी । बालअधिकारकर्मीको गिद्धे नजरमा पर्ने भन्ने डर । त्यस्तै युट्युवरहरुको जगजगी छ ? परीक्षामा परीक्षा दिए नतिजा दिनानुदिन न्युन र गिर्दो अवस्था छ सामुदायिक विद्यालयमा हिजो आज । केटाकेटीहरुमा पढ्ने वानीको दिनानुदिन ह्रास हुँदै आएको छ । कोभिड पश्चात अनलाइन कक्षाका नामको कारण विद्यार्थीहरुमा मोवाइल फोविया भएको छ । यसलाई कसरी नियन्त्रण गर्ने होला । हिजो आज ठूलो समस्या भएको छ । अभिभावकहरु स्वयम् मोवाइल छाड्न मान्दैनन् । मोवाइल खोस्यो वा लिए झनक्क रिसाएर हामी माथिनै जाई लाग्छन् ।
३) विद्यालय प्रशासनबाट सूचना जारी हुन्छ । अर्को हप्ताको शुक्रबार हाइकिङ जाने । सुन्नासाथ हा १ हा हा गरेर सबै जना खुसीका साथ जान तम् तयार हुन्छन् । जती शुल्क लागे पनि तिर्न तयार हुन्छन् । हाइकिङ गयो सबै भन्दा बढी खर्च त्यही गर्छन । (अभिभावकले कति पैसा पठाएका छन् थाहा छैन तर खर्च निष्फ्रिक्री गर्छन । विद्यालयमा रचनात्मक काम गर्न अभिभावक वा विद्यार्थीसँग शुल्क मागे छैन भन्छन् । अभिभावकहरु दिन मान्दैनन् तर विद्यार्थीहरुले खर्च गर्ने त्यस्तो पैसा कहाँबाट आयो ? त्यस्तै विद्यालयमा अतिरिक्त समय पढायो शुल्क माग्यो ? हाम्रो विद्यालय नि: शुल्क हैन सर । तिनै विद्यार्थी चर्को स्वरमा आवाज उठाउँछन् । अनि सरसफाई र शौचालय कसले सफा गर्छ ? कम्प्युटर शिक्षकलाई कसले पैसा दिन्छ ? गार्डको पैसा कसले दिन्छ ? विजुली पानी टेलिफोनको पैसा कसले तिछ ? आयाको पैसा कसले तिर्छ ? भनेर सोध्यो हामीलाई थाहा छैन भन्छन् अभिभावक । विद्यार्थीको हकहित गर्छु भन्ने विद्यार्थी संगठनहरु कसरी यसको व्यवस्थापन गरेको होला त्यस तर्फ विचार गर्दैनन् । सिर्फ निः शुल्क शिक्षा हुनुपर्छ भनेर चर्को दवाव दिन्छन् । तर ती अभिभावक आफ्ना केटाकेटीहरु निजी विद्यालयमा पढाएर जति शुल्क तिर्न पनि तयार हुन्छन् ? त्यहाँ चुं बोल्न सक्दैनन् ।
४) शिक्षकले विद्यार्थीलाई सोध्नुहुन्छ हिजो किन विद्यालय नआएको ? सोध्यो भने विद्यार्थी सजिलै उत्तर दिन्छन् लाफिङ खान, हुक्का तान्न, डान्सबार, कल्ब गएको भनेर हाक्का हाक्की भन्छन् । किन गएको भन्यो भने हाम्रो पनि जिन्दगी हो नि सर, यसो साथी भाइले जाऊँ भने अनि गएको । हामीहरुलाई सिनियर दाइ-दिदीहरुले बोेलाउनु हुन्छ । अनि हामी जान्छौँ, त्यहाँ गजब रमाइलो हुन्छ सर । भनेर जवाफ दिन्छन् ।
घरमा थाहा छ कि छैन भनेर सोध्यो । छैन भन्छन् । घरमा खबर गरी दिऊ त भन्यो नगर्नु है सर राम्रो हुन्न नि भन्छन् ? विद्यार्थीलाई सम्झाउन, बोल्न डर लाग्दो अवस्था छ अभिभावकलाई सूचना दियो भने के होला भन्ने डर शिक्षक माथि छ । पछिल्लो समय यसरी विद्यालय चलेको अवस्था छ ।
५) शिक्षकले विद्यार्थी २–३ दिन भयो किन नआएको भनि प्रश्न ग¥यो भने घुम्न गएको सर भनेर हाक्का हाक्की विद्यार्थी भन्छन् । को सँग कहाँ गएको भनेर सोध्यो भने साथीसँग भन्छन् ? को साथी सँग भनेर सोध्यो भने वाइफ्रेन्ड वा गलफ्रेन्डसँग भन्छन् । अनि शिक्षकले बाबु नानी यो बेला त पढ्ने समय हो नी ? पढाईलाई ध्यान दिनुपर्छ भन्दा पढी हाल्छु नि सर । धेरै अर्तिबुद्धि दिनुपर्दैन सर हामीलार्य पनि थाहा छ, यसो १–२ दिन रिल्याक्स गर्न गएको भनेर ठाडो जवाफ दिन्छन् यस्तो प्रव्रक्तिलाई कसले कसरी नियन्त्रण गर्ने होला भावी पुस्ता यसरी अगाडि बढेका छन् । समस्या विकराल देखिन्छ ।
६) विद्यालय प्रशासनबाट यो महिना हाम्रो विद्यालयको बार्षिकोत्सब समारोह छ भन्ना साथ सबै विद्यार्थीहरु खुशीले गद्गद् सप्ताहव्यापी खेलकुद कार्यक्रम, वार्षिकोत्सबकालागि नृत्य प्रदर्शन गर्न २–३ सातादेखि रिहर्सल गर्दा केटाकेटीहरु महिनौँ दिनसम्म पढाईमा डिस्र्टब हुने । यसो नगरौँ भने विद्यालयका प्रशासन कस्तो झुर गरौँ भने पठन पाठन वाधा । अनि रिहर्सलको नाममा विद्यार्थीहरु को कता कता ? अनि के के ?
७) विद्यालय प्रशासनबाट शनिवार अभिभावकसंग मिटिङ छ सबै छात्रछात्राहरु अभिभावक सहित आउनु भनेर सूचना जारी ग¥यो । विद्यार्थीहरु सूचना जारी गर्दा हस भनेर जवाफ दिन्छन् । अभिभावक भेलाका समय ५०% अभिभावक छात्र –छात्राहरु विद्यालयमा उपस्थित हुँदैनन् । विद्यार्थीहरुलाई भोली पल्ट सोध्यो । सर मैले त विर्सेछु । मेरो बुबा आमा आउन मान्नु भएन । मेरा बा आमा विहान काममा जानु भयो । मेरो घरको साहुजी आउन मान्दैनन् सर । भन्छन् । यस्तो छ हिजो आजका अभिभावक विद्यार्थी र शिक्षकको सम्बन्ध ।
८) विद्यालयबाट लिइने नियमित परीक्षा पश्चात नतिजा प्रकासनको तिथी मिति तोकेर पढायो । विद्यालयमा जो जो राम्रो पढ्ने विद्यार्थीहरु छन् । तिनीहरुका अभिभावकहरु समय मै आई आफ्ना केटाकेटीको नतिजा बारे राम्रोसँग छलफल गर्दछन् । गल्ती कमजोरी स्वीकार्छन् । केटाकेटीलाई अलि अलि हप्की दप्की डर देखाउनु है सर भन्छन् । साथै हिजो आज अलि नर्टेने भएका छन् भनेर उल्टै सर म्यामलाई गुनासो गर्छन् र डर देखाउन खोज्छन् तर अन्य अभिभावक मुस्किलले त्यही नतिजा प्रकाशनका दिन पनि आउँदैनन् । छोराछोरी विद्यालय गए नगएको कुनै चासो राख्दैनन् । अनि तिनीहरुकै केटाकेटीहरुको नतिजा असफल भएको हेरेर उल्टै सर-म्याम सँग जंगिदै तपाईहरुले पढाएको यहि हो भनेर सर म्यामलाई हप्काउछन् । यत्रा विषयमा फेल भएको छ ? हैन तपाईँहरु पढाउन आएको कि के गर्न आएको ? यसो केटाकेटीहरुलाई हप्की दप्की लगाएर गाली गर्दै पढाउनु पर्ने भनेर उल्टै प्रवचन दिएर जान्छन् । पछि केटाकेटीसँग घर परिवार बारे बुझ्यो । हाम्रा बा-आमा त रक्सी खाएर दिनहुँ घरमा झगडा परिरहन्छ । अनि हामी कसरी पढ्न सक्छौँ भन्छन् । घरमा पढ्ने वातावरण नै छैन । यस्तो छ सामुदायिक विद्यालयहरुको अवस्था र चुनौती तथा प्रवृत्ति ।
९) सामुदायिक विद्यालयमा पढ्ने अधिकांश बालबालिकाहरुका अभिभावकहरु दैनिक ज्याला मजदुरी गर्ने अभिभावकहरु छन् । अझ कतिपय बा-आमाहरु बैदेशिक रोजगारका सिलसिलामा विदेश गएका छन् । विदेशमा मेहेनत गरेर कमाएको पैसाबाट कतिपय केटाकेटीहरुको पठनपाठन राम्रै छ भने अधिकांश केटाकेटीका बा-आमा त्यही पैसाका कारणले घरेलु हिंसा, सम्बन्ध विच्छेद आदि विभिन्न घटनाबाट बालबालिकाहरु मर्कामा परेका छन् । यस्तै विविध खालका घटनाबाट बालबालिकाहरुमा गहिरो मनोबैज्ञानिक असर परेको छ ।
१०) रोजगारी, शिक्षा, स्वास्थ्य सजिलै प्राप्त हुने आशका कारण गाँऊघरबाट सदरमुकाम वा राजधानी छिरेका अभिभावकहरु आफ्ना आधारभूत आवश्यकताका अभाव गरिवीका कारण परिवारका सबै सदस्यहरु एक -दुई कोठामा वस्ने त्यही नै व्यवस्थापन गर्नुपर्ने वाध्यकारी कारण परिवारका सदस्यहरु विच झैझगडा, पढ्ने वातावरण नहुनु, पाहुनाहरुलाई व्यवस्थापन गर्न नसक्नु र जाड रक्सीको अत्याधिक सेवनबाट आफ्ना पारिवारिक सदस्यहरुवाट घरेलु हिंसा यौन दुव्र्यवहार जस्ता घटनाहरु पनि भएका कारण त्यसको प्रभावबाट विद्यालयमा पढ्ने केटाकेटीहरुमा नराम्रो गहिरो प्रभाव देखिएको पाइन्छ ।