काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई भेटका हुन्।
बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री ओलीले छिमिकीहरूविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिन नेपाल प्रतिबद्ध रहेको बताएका थिए।
यसअघि बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपालको समर्थन रहने जनाएको थियो।