राजश्व र पुँजीगत खर्चमा सन्तुलन छैनः अर्थमन्त्री पौडेल

राजश्व र पुँजीगत खर्चमा सन्तुलन छैनः अर्थमन्त्री पौडेल

२०८२, बैशाख २७ शनिवार

  • 865
    SHARES

  • राजश्व र पुँजीगत खर्चमा सन्तुलन छैनः अर्थमन्त्री पौडेल

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटमा परिलक्षित योजनाहरु कार्यान्वयन गर्न संविधानको सीमाभित्र रहेर काम गर्नुपर्ने बताएका छन्।

    शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बजेट निर्माणका लागि संविधान सबैभन्दा महत्वपूर्ण दस्ताबेज भएको बताए।

    उनले सरकारले नीति तथा कार्यक्रममार्फत प्रस्तुत गर्ने कार्यक्रमहरु कसले कार्यान्वयनमा लैजाने भन्ने कुरा अधिकारको सूचीमा प्रष्ट पारिएको उल्लेख गरे।

    उनले देशको वार्षिक बजेट संघ सरकारले तयार गर्ने भए पनि संघले कार्यान्वन गर्ने कार्यक्रमहरु अत्यन्त न्यून भएको बताए। बजेटमा उल्लेखित कार्यक्रमहरुमध्ये प्रदेश र स्थानीय सरकारले कार्यान्वयनमा लैजाने कार्याक्रमहरु अत्यधिक भएको उनको भनाइ थियो।

    उनले स्थानीय सरकारअन्तर्गत रहेका विभिन्न उपभोक्ता समूहले गर्नुपर्ने कामहरु संघ सरकारको मुख ताकेर बस्दा योजनाहरु योजनामै सीमित हुने गरेको बताए। उनले बजेटमार्फत तय गरिएका योजनाहरु कार्यान्वयन गर्न संविधानको दायरामा रही संघ, प्रदेश र स्थानीय सरकारले आआफ्ना जिम्मेवारीअनुरुप काम गर्नुपर्नेमा जोड दिए।

    अर्थमन्त्री पौडेलले पुँजीगत खर्च र राजश्वमा सन्तुलन नभएको बताए। बजेट निर्माण गर्दा राजश्वले साधारण खर्च धानेको देखाउनुपर्नेमा उनले जोड दिए।

    २०८२, बैशाख २७ शनिवार०५:४८:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार