कोरोना अपडेट : थप ३०२ जनामा संक्रमण, ३१ जना भेन्टिलेटरमा

कोरोना अपडेट : थप ३०२ जनामा संक्रमण, ३१ जना भेन्टिलेटरमा

२०७७, माघ ९ शुक्रवार

  • 2.6K
    SHARES

  • कोरोना अपडेट : थप ३०२ जनामा संक्रमण, ३१ जना भेन्टिलेटरमा

    माघ ९, काठमाडौँ ।

    पछिल्लो २४ घण्टामा ३०२ सङ्क्रमित  थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये पुरुष ५९ र महिला ५३ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    आजसम्म दुई लाख ६३ हजार ३४८ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव दुई प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ । 

    काठमाडौँ उपत्यकामा आज ११२ सङ्क्रमित थप भएका छन् । ती मध्ये ५९ पुरुष र ५३ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा दुई हजार ६१, ललितपुर १७५ र भक्तपुरका ३७ सक्रिय सङ्क्रमित रहेका छन् ।  

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी तीन हजार ५४५ नमूना परीक्षण भएको थियो । हालसम्म २० लाख ३५ हजार ३०१ नमूना परीक्षण भइसकेको छ ।

    प्रति १० लाख जनसङ्ख्यामा ६९ हजार ७४८ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव दुई प्रतिशत छ । 

    सक्रिय सङ्क्रमितमध्ये हाल ८७९ होम आइसोलेसनमा छन् ।  

    देशभरमा गरी आज १५४ सङ्क्रमित आईसीयूमा रहेका छन् भने ३१ सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् ।

     

    २०७७, माघ ९ शुक्रवार०६:४५:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार