ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

२०८२, जेठ १ बुधवार

  • 697
    SHARES

  • ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । उहाँले भन्नुभयो, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ ।”

    काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो ।

    आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।

    २०८२, जेठ १ बुधवार१०:४३:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार