गृहमन्त्री लेखक पुगे कोइराला निवास, शेखरसँग नजिक रहने रणनीति 

गृहमन्त्री लेखक पुगे कोइराला निवास, शेखरसँग नजिक रहने रणनीति 

२०८२, जेठ १ बुधवार

  • 957
    SHARES

  • गृहमन्त्री लेखक पुगे कोइराला निवास, शेखरसँग नजिक रहने रणनीति 

    विराटनगर । नेपाली राजनीतिमा विशेष महत्व राख्दै आएको विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान गृहमन्त्री रमेश लेखक पुगेका छन्। महानगरपालिका–७ मा पर्ने यस ऐतिहासिक निवासमा कांग्रेसका शीर्ष नेतादेखि सर्वसाधारणसम्मको उपस्थिति रहँदै आएको छ।

    पार्टी संस्थापक कृष्णप्रसाद कोइरालाले निर्माण गरेको कोइराला निवास नेपाली कांग्रेसको महत्वपूर्ण राजनीतिक थलोका रूपमा चिनिन्छ। सोही क्रममा गृहमन्त्री लेखक बिहान करिब ६:४५ बजे निवासमा पुगेर आधा घण्टासम्म समय बिताएको नेता डिक घिमिरेले जानकारी दिए।

    घिमिरेका अनुसार चियाको सन्दर्भमा समय छुट्याएका गृहमन्त्री लेखकले त्यहाँ रहेका वीपी कोइरालाको हस्ताक्षरित चिट्ठीसमेत अवलोकन गरेका थिए। निवासको ऐतिहासिक महत्व र संरक्षणबारे जानकारी लिँदै उनले घरलाई सुरक्षित र सुन्दर रहेको प्रतिक्रिया दिएका थिए।

    गृहमन्त्री लेखकले यसअघि पनि कोइराला निवास भ्रमण गरिसकेको बताउँदै, उनले विराटनगर र कोइराला परिवारको योगदान मुलुककै राजनीतिक इतिहासमा विशिष्ट स्थानमा रहेको बताए।

    वडा नं. ७ का अध्यक्ष मधुबाबु तिवारीका अनुसार, गृहमन्त्री लेखकले कोइराला परिवारले लोकतन्त्रको स्थापना र संस्थागत विकासमा पुर्‍याएको योगदानबारे संक्षिप्त चर्चा गरेका थिए।

    पार्टी राजनीतिमा कोइराला परिवारबाट शेखर कोईरालाले क्रमश: शक्ति बढाउँदै लगेपछि संस्थापन पक्ष रक्षात्मक बन्दै गरेको अवस्थामा गृहमन्त्री लेखकको भ्रमणलाई चासोका साथ हेरिएको छ । कोईराला आगामी महाधिवेशनमा पार्टी सभापतिमा निर्वाचित हुने गरि देशैभर दौडाहामा छन् । -एजेन्सी । 

    २०८२, जेठ १ बुधवार१०:५६:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार