गलत निर्णय गर्ने छुट काँग्रेसभित्र कसैलाई छैन : महामन्त्री थापा

गलत निर्णय गर्ने छुट काँग्रेसभित्र कसैलाई छैन : महामन्त्री थापा

२०८२, जेठ ५ आइतवार

  • 713
    SHARES

  • गलत निर्णय गर्ने छुट काँग्रेसभित्र कसैलाई छैन : महामन्त्री थापा

    वालिङ (स्याङ्जा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस राष्ट्रिय शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट पार्टीभित्र कसैलाई नभएको धारणा राख्नुभएको छ ।

    नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई शनिबार पुतलीबजारमा सम्बोधन गर्दै उहाँले काँग्रेस नेतृत्वको सरकारले जनताका निराशा आशामा बदल्दै सकारात्मक परिवर्तनका पक्षमा काम गरिरहेको बताउनुभयो ।

    आगामी निर्वाचनभन्दा पहिले नेपाली काँग्रेसको महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै थापाले काँग्रेस एक्लै आगामी निर्वाचनमा जानेगरी जनताका पक्षमा काम गर्दै पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । “वर्तमान अवस्थामा नागरिकमा निराशा बढिरहेकाले दुई ठूला दलबीच सहमति भई सरकार गठन भएको छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकार जनता केन्द्रित भई काम गरिरहेको छ ।”

    “पार्टीको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्छ, धेरै पछाडि लैजानुहुँदैन”, उहाँले भन्नुभयो, “२०८४ को निर्वाचनभन्दा पछाडि अधिवेशन गर्न हुँदैन, २०८३ मङ्सिर पार्टीको अधिवेशन गर्नुको विकल्प छैन ।”

    कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    २०८२, जेठ ५ आइतवार१२:००:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार