विपक्षीले गृहमन्त्री लेखकको राजीनामाको अडान राखेपछि प्रतिनिधिसभा स्थगित

विपक्षीले गृहमन्त्री लेखकको राजीनामाको अडान राखेपछि प्रतिनिधिसभा स्थगित

२०८२, जेठ १४ मंगलवार

  • 749
    SHARES

  • विपक्षीले गृहमन्त्री लेखकको राजीनामाको अडान राखेपछि प्रतिनिधिसभा स्थगित

    काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। बैठक सूचना टाँस गरेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।

    मंगलबार बिहान बसेको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीसहितका दलले संसद् अवरोध गरेका थिए। भिजिट भिसा’ प्रकरणमा संलग्न रहेको आरोप लागेका मन्त्री लेखकले सम्बोधन गर्ने कार्यसूची रहे पनि प्रतिपक्षी अवरोधका कारण उनले सम्बोधन गर्न पाएनन्।

    सभामा माओवादी सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनालले लेखकले राजीनामा दिनुपर्ने बताएका थिए। खनालले लेखकले राजीनामा नदिएसम्म बैठक नचल्ने बताएपछि केही बैठक अवरुद्ध भएको थियो।

    बैठक स्थगित भएपछि सभामुख घिमिरेले विभिन्न दलका सचेतकहरूसँग छलफल गरेका थिए।

    छलफलमा विपक्षी सांसदहरूले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने अडान राखेका थिए। त्यसपछि बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो।

    २०८२, जेठ १४ मंगलवार०५:१४:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार