काठमाडौँ । नेकपा एमाले निकट बुद्धिजीवी परिषद्को अध्यक्षमा इन्जिनियर गजेन्द्र थपलिया विजयी भएका छन् ।
पार्टी संस्थापनसमूहको साथ आफुलाई रहेको दावी सहित मैदानमा उत्रिएका निजी विद्यालय संचालक समेत रहेका दिपेन्द्र भण्डारीले थपलियासँग सर्मनाक हार बेहोरेका छन् ।
आईतवार राती सम्पन्न निर्वाचनमा थपलियाले १५४ मत ल्याउँदा भण्डारीले १०४ मत मात्र ल्याएका छन्। हार र जित थोरै मतले मात्र हुने आँकलन गरिएकामा ५० मतको अन्तरलाई सामान्य मान्न नसकिने एक महाधिवेशन प्रतिनिधिले जनाए ।
परिषद महासचिव हुँदा अत्यधिक मात्रामा नीतिगत छलफल र बहसको नेतृत्व गरेका थपलिया विद्यार्थी राजनीतिबाट उदाएका एक अशल वुद्धिजीवि, इमान्दार, रचनात्मक र जुझारु कार्यकर्ताका रुपमा पार्टी पंक्तिमा लोकप्रिय छन् ।
पराजित भएका भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलको समर्थन रहेको बताइएको थियो । यद्यपि संस्थापन पक्षले आफ्नो कोही पनि उमेद्वार नरहेको बताएको छ ।
परिषद्को निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन गरिएको हो भने बाँकी पदमा सर्वसम्मत भएको हो।