संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२०८२, जेठ २३ बिहिवार

  • 781
    SHARES

  • संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक बिहीबार बस्ने भएको छ ।

    प्रतिनिधि सभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ।

    आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने तथा प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।

    त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेस गर्ने कार्यसूची छ। बजेटमाथिको सामान्य छलफल सुरु गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची छ।

    राष्ट्रिय सभामा भने आर्थिक वर्ष २०८२/८३को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची छ।

    २०८२, जेठ २३ बिहिवार११:२९:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार