काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले वजेट विमर्श कार्यक्रम संचालन गरेको छ ।
सो पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यता तथा पोलिटब्युरो सदस्य एवं उपत्यका विशेष इन्चार्ज सुजिता शाक्यको प्रेरणादायी नेतृत्वमा आगामी आ.व. २०८२/८३ को वजेटका सकारात्मक तथा चुनौती सन्दर्भमा शुक्रबार एक अन्तरक्रियात्मक छलफल आयोजना गरिएको हो ।

गत वर्षको बजेटले राष्ट्रिय अर्थतन्त्रमा कुनै योगदान दिन नसकेको सन्दर्भमा आगामी बजेटले राष्ट्रिय पुँजी निर्माण गर्ने, अर्थतन्त्र चलायमान हुने, तिन खम्बे अर्थनीतिलाई समानुपातिक ढंगले परिचालन गरि राष्ट्रिय आय वृद्धि गर्न बजेट सफल हुने महासचिव शंकर पोखरेलले बताए ।
यद्यपि कार्यान्वयनका चरणमा कुनै समस्या आए बहस, छलफल मार्फत परिमार्जन गर्दै लक्षित उद्धेश्य प्राप्त गरेरै छाड्ने उद्घोष पोखरेलले गरेका छन् । त्यस्तै, वेरोजगारीले आक्रान्त वनेको हालको अवस्थालाई चिर्ने गरि युवा मैत्री बजेट प्रस्तुत भएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नु पर्ने नेतृ शाक्यले बताईन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए भने करविज्ञ उमेश पाण्डे र सिए प्रवेश आचार्य करका दायरा लगायतका विषयमा टिप्पणी गरेका थिए । प्रदेश अध्यक्ष प्रेम कुमार पराजुलीको अध्यक्षतामा चलेको कार्यक्रमको संचालन सचिव मिलन धरेलले गरेका थिए ।
उक्त कार्यक्रममा करिव २ सय जनाको सहभागिता रहेको थियो ।
