अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

२०८२, जेठ ३१ शुक्रवार

  • 785
    SHARES

  • अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित हुनुभएको छ ।

    कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

    मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाउनुभयो ।

    अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित हुनुभएको छ ।

    सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित हुनुभयो भने आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित हुनुभएको छ ।

    २०८२, जेठ ३१ शुक्रवार०८:०५:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार