एमाले नेतृत्वमा समस्या रहेको डा भट्टराईद्धारा स्विकारोक्ती 

एमाले नेतृत्वमा समस्या रहेको डा भट्टराईद्धारा स्विकारोक्ती 

२०८२, आषाढ ८ आइतवार

  • 589
    SHARES

  • एमाले नेतृत्वमा समस्या रहेको डा भट्टराईद्धारा स्विकारोक्ती 

    सिन्धुली । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराईले पार्टीभित्र गम्भीर मतभेद नरहेको बताउनुभएको छ ।

    शनिबार सिन्धुलीमा आयोजित नेकपा एमालेको आठौँ जिल्ला प्रतिनिधि परिषद् सदस्यहरूको दोस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी नेतृत्व र विचारमा केही समस्या नभएको स्पष्ट पार्नुभयो । उहाँले एमालेलाई चौतर्फी आक्रमण भइरहेका बेला कतिपय नेताहरूको मनोविज्ञानले भने समस्या सिर्जना गरिरहेको बताउनुभयो ।

    भट्टराईले पार्टीभित्र विचार र नेतृत्वको तहमा स्पष्टता रहेको बताए पनि बिचको तहमा कार्यशैलीमा समस्या देखिएको बताउनुभयो । ‘नेतृत्वमा समस्या छैन, विचारमा समस्या छैन, तर बिचको नेतृत्वमा समस्या देखियो’, उहाँले भन्नुभयो, ‘त्यो समस्या समाधान गर्नु तपाईँ सम्पूर्ण प्रतिनिधिहरूको जिम्मेवारी हो ।’ डा ले बिचको तहमा समस्या रहेको बताए पनि घुमाउरो पाराले नेचृत्व तहमै समस्या खडा भएको स्विकार गर्नुभएको हो । 

    उहाँले पार्टी विधान, विधि र पद्धतिको पालना नगर्ने प्रवृत्तिले संगठन कमजोर हुने भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो । ‘पार्टी जसरी चल्नु पर्थ्यो, त्यसरी चलेन’, उहाँले भन्नुभयो, ‘जसले विधान र नियमको उल्लङ्घन गर्छ, त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’

    भट्टराईले वर्तमान पुँजीवादी अर्थतन्त्र र व्यवस्थाले जनअपेक्षा पूरा गर्न नसकेको बताउँदै विश्वमा समाजवादप्रतिको भरोसा फेरि बढेको उल्लेख गर्नुभयो । उहाँले चीन, भियतनाम र लाओसजस्ता देशले समाजवादी मोडेलको सफल कार्यान्वयन गर्दै नेतृत्व गरिरहेको उदाहरण दिनुभयो । ‘पुँजीवाद संकटमा छ, समाजवाद फेरि बलियो हुँदै छ’, उहाँले भन्नुभयो, ‘हामी समाजवाद निर्माणको मार्गमा छौँ, त्यसका लागि पार्टीभित्रको एकता, अनुशासन र विचारमा स्पष्टता जरुरी छ ।’

    भट्टराईले एमाले नेतृत्व र पार्टी विरुद्ध भइरहेका आक्रमणको प्रतिवाद गर्न सम्पूर्ण कार्यकर्तालाई तयार रहन आह्वान गर्नुभयो । ‘हामीमाथि चौतर्फी हमला भइरहेका छन्, त्यसको प्रतिवाद गर्न सबै तहका नेता र कार्यकर्ताहरू एक ढिक्का भएर लाग्नुपर्छ’, उहाँले भन्नुभयो ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथ्यतामा भएको कार्यक्रम एमाले सिन्धुलीका जिल्ला इञ्चार्ज मनोजजंग थापाले कार्यकर्ता तहमा प्रशिक्षण र संगठन सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

    २०८२, आषाढ ८ आइतवार०८:१५:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार