रुसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

रुसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

२०८२, आषाढ २६ बिहिवार

  • 885
    SHARES

  • रुसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

    एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् ।  

    ह्वाइट हाउसमा भएको मन्त्रीपरिषद्को बैठकमा बोल्दै ट्रम्पले द्वन्द्वको प्रतिक्रियामा रुसमाथि थप प्रतिबन्ध लगाउने सिनेटको विधेयकलाई समर्थन गर्ने कि नगर्ने भनेर विचार गरिरहेको बताएका छन् । 

    विधेयकमा रुसबाट ऊर्जा आयात गर्ने देशहरूमा भारी शुल्क लगाउने प्रावधान साथै रुसी ऊर्जा उत्पादनलाई समर्थन गर्ने विदेशी कम्पनीहरूमा पनि प्रतिबन्ध लगाउने समावेश रहेको जनाइएको छ ।  

    अमेरिकी रक्षा विभागले हतियार तयारीको समीक्षा गरेपछि युक्रेनका लागि अस्थायी रूपमा स्थगित गरिएको रक्षात्मक हतियार ढुवानी पुनः सुरु गर्न स्वीकृति दिएको पनि ट्रम्पले मंगलबार घोषणा गरेका थिए । 

    २०८२, आषाढ २६ बिहिवार०९:३९:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार