श्रावण महिना नजिकिएसँगै भारतीय तिर्थालुको बढ्यो आगमन, नेपाल भारत मैत्रीसंघद्धारा गरियो स्वागत

श्रावण महिना नजिकिएसँगै भारतीय तिर्थालुको बढ्यो आगमन, नेपाल भारत मैत्रीसंघद्धारा गरियो स्वागत

२०८२, आषाढ ३१ मंगलवार

  • 989
    SHARES

  • श्रावण महिना नजिकिएसँगै भारतीय तिर्थालुको बढ्यो आगमन, नेपाल भारत मैत्रीसंघद्धारा गरियो स्वागत

    काठमाडौं । आराध्यदेव पशुपतिनाथको दर्शन गर्न आउँने भारतिय पर्यटकलाई नेपाल भारत मैत्री संघले स्वागत गरेको छ ।

    श्रावण महिना नजिकिएसँगै नेपाल भित्रिएका भारतिय पर्यटकलाई संघका केन्द्रीय अध्यक्ष ई.शैलेन्द्र मोहन झाले स्वागत गरेका छन् ।

    असार २९ गते शनिवार ‘भारतीय सिंधु एकता मञ्च’का चार सय जना पर्यटकहरुलाई रुदाक्षको माला लगाई अध्यक्ष झाले स्वागत गरेका हुन् । कार्यक्रममा संघका संरक्षक राजकुमार सिंधी लगायतका संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

    नेपाल भारत मैत्री संघको केन्द्रीय कमिटी बैंठकले पशुपति दर्शन गर्न आउँने भारतीय तिर्थालुलाई रुद्राक्षको माला र खादा ओडाई स्वागत गर्ने निर्णय गरेको छ ।

    सोहीनिर्णय अनुसार अध्यक्षको नेतृत्वमा ‘भारतीय सिंधु एकता मञ्च’का तिर्थालुलाई स्वागत गरिएको अध्यक्ष झाले बताए । उनका अनुसार श्रावण महिनाभर त्यस्तै विशेष सोमवारलाई मध्यनजर गर््दै पशुपति क्षेत्रमा हेल्प तथा स्वागत डेक्स स्थापना गरी भारतीय तिर्थालुलाई स्वागत गरिने छ ।

    धार्मिक ग्रन्थ अनुसार पशुपतिनाथ मन्दिर यस संसारमा रहेका २७५ पादल पेत्र स्थलम (शिवको पवित्र स्थान) मध्ये प्रमुख १० भित्र पर्छन् ।

    २०८२, आषाढ ३१ मंगलवार०९:०२:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार