बीपी राजमार्गमा साउन १ गतेदेखि राति यातायात सञ्चालनमा रोक

बीपी राजमार्गमा साउन १ गतेदेखि राति यातायात सञ्चालनमा रोक

२०८२, श्रावण २ बिहिवार

  • 569
    SHARES

  • बीपी राजमार्गमा साउन १ गतेदेखि राति यातायात सञ्चालनमा रोक

    काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा साउन १ गतेदेखि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मंगलवार बसेको सुरक्षा समिति बैठकले काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपाल थोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) सवारी साधन एक महिनाका लागि गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

    बर्षतका कारण विपद् बाढी पहिरोको जोखिम भएकाले रातिको समयमा काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रे भञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपाल थोकमा रोकिने काभ्रेपलान्चोक जिल्ला प्रशासनले जनाएको छ । 

    २०८२, श्रावण २ बिहिवार०९:११:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार