एमाले सचिवालय बैठक आज, विधान महाधिवेशनबारे छलफल 

एमाले सचिवालय बैठक आज, विधान महाधिवेशनबारे छलफल 

२०८२, श्रावण २ बिहिवार

  • 1.0K
    SHARES

  • एमाले सचिवालय बैठक आज, विधान महाधिवेशनबारे छलफल 

    काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बिहिवार दिउँसो १ बजे ललितपुरको केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

    आजको बैठकमा नेकपा एमालेको विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल र निर्णयहरू हुने बताइएको छ । यसका साथै विधान संशोधन प्रस्तावका खाकाहरू पनि प्रस्तुत गरिने नेकपा एमालेको सचिवालयले जनाएको छ ।

    २०८२, श्रावण २ बिहिवार०९:१८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार