आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी

आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी

२०८२, श्रावण १० शुक्रवार

  • 809
    SHARES

  • आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रवार पत्रकार सम्मेलन गर्नुहुने भएको छ । 

    भण्डारीले कार्की बैंकिटमा दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लाग्नुभएको हो । 

    सक्रिय राजनीतिमा आएको घोषणा गर्नुभएकी भण्डारीलाई उहाँको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ । 

    गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको पार्टी सदस्यता अमान्य घोषणा गर्दै उहाँलाई पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेको छ ।

    तत्पश्चात भण्डारीले शुक्रवार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

    २०८२, श्रावण १० शुक्रवार१०:४९:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार