कोशी उच्च बाँध बन्दै, नेपाल र भारतबीच सुपुर्दगीको पनि सम्भावना 

कोशी उच्च बाँध बन्दै, नेपाल र भारतबीच सुपुर्दगीको पनि सम्भावना 

२०८२, श्रावण ११ शनिवार

  • 981
    SHARES

  • कोशी उच्च बाँध बन्दै, नेपाल र भारतबीच सुपुर्दगीको पनि सम्भावना 

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कोशी उच्च बाँध बन्ने कुरामा सम्झौता हुनसक्ने जनाएका छन् । 

    शनिबार पुष्पलालको जन्मजयन्ती पारेर आयोजित एक पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्ने क्रममा खनालले नेपाल र भारतबीच सुपुदर्गी सन्धि हुने तयारीमा रहेको बताएका हुन् । 

    जनतालाई पर्याप्त जानकारी नगराई गरिएको सन्धि घातक हुनसक्ने पनि उनको भनाई छ । भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई लामो समय लगाएर अर्थात सरकार गठन भएको १४ महिना पश्चात भारत भ्रमणको निम्तो हालसालै दिएको छ । ओली भाद्र ३१ र असोज १ गरि दुई दिनका लागि भारत भ्रमणमा जाँदैछन् । 

    यो सन्धी हुँदा भारत र चीनसँग सन्तुलन मिलाउन नसके तयसले नेपालको राष्ट्रियतामाथि हमला हुने खनालको भनाइ छ ।

    ‘अहिले मैले सुनिरहेको छु, नेपाल र भारतबीच सुपदर्गी सन्धी हुँदैछ,’ खनालले भने, ‘त्यो सन्धि हुँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर गर्न सकेन भने नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेवाला छ ।’

    उक्त विषय पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै सुनाउन चाहेको खनालले बताए ।

    सोही कार्यक्रममा केहीबेर अघिमात्रै प्रचण्डले बोलेर हिँडेका थिए । 

    २०८२, श्रावण ११ शनिवार०३:५१:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार