दुर्गा प्रसाईलाई बैंकिङ कसुर सहितका मुद्दामा २८ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

दुर्गा प्रसाईलाई बैंकिङ कसुर सहितका मुद्दामा २८ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

२०८२, श्रावण २० सोमवार

  • 1.6K
    SHARES

  • दुर्गा प्रसाईलाई बैंकिङ कसुर सहितका मुद्दामा २८ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

    काठमाडौँ । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।

    उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले प्रसाईंसँग उक्त धरौटी बैंकिङ कसुरसम्बन्धी मुद्दामा माग गरेको हो।

    यस्तै, गत चैत १५ गतेको तीनकुने घटनामा अदालतले प्रसाईंसँग ३ लाख रुपैयाँ धरौटी मागेको छ। न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंसँग ३ लाख धरौटी मागेको हो।

    बैंकिङ कसुर र तीनकुने घटना गरी दुई वटा छुट्टाछट्टै मुद्दामा प्रसाईंसँग २८ लाख रुपैयाँ धरौटी माग भएको छ।

    २०८२, श्रावण २० सोमवार०८:५६:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार