कुलिङ जालझेलमा सभापति खतिवडा जिम्मेवारी 

कुलिङ जालझेलमा सभापति खतिवडा जिम्मेवारी 

२०८२, श्रावण २१ मंगलवार

  • 901
    SHARES

  • कुलिङ जालझेलमा सभापति खतिवडा जिम्मेवारी 

    काठमाडौँ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’को प्रावधान समेटिएको विषयमा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा गम्भीर जालझेल भएको निष्कर्षसहित विशेष छानबिन समितिले प्रतिवेदन पारित गरेको छ।

    समितिले सभापति रामहरि खतिवडाले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस गरेको छ।

    प्रतिनिधिसभाको निर्देशनमा गठित विशेष छानबिन समितिले मंगलबार बिहान सवा ४ बजे अन्तिम टुंगोमा पुर्‍याउँदै सर्वसम्मत प्रतिवेदन पारित गरेको हो।

    प्रतिवेदनमा विधेयकको मर्मविपरीत, प्रक्रिया मिचेर गरिएको संशोधनप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको जिम्मा नेतृत्व तहले लिनुपर्ने उल्लेख गरिएको छ।

    साथै, विधेयक प्रतिवेदन तयार पार्ने क्रममा संलग्न कर्मचारीहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने सिफारिससमेत गरिएको छ।

    छानबिन समितिको प्रतिवेदन मङ्गलबार बस्ने सम्सद बैठकमा पेश गरिदैछ।

    समितिका अनुसार दुई वर्षे ‘कुलिङ अफ पिरियड’ व्यवस्था प्रभावित हुने गरी विधेयकमा संशोधन गर्न विधिसम्मत प्रक्रिया मिचेर गरिएको थियो।

    छानबिन समितिको नेतृत्व कांग्रेसका जीवन परियारले गरेका थिए। समितिमा कांग्रेसकी सचेतक सुशीला थिङ, एमालेका सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी सांसद माधव सापकोटा, रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्की सदस्य थिए।

    २०८२, श्रावण २१ मंगलवार०९:२६:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार