आज यी दुई प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

आज यी दुई प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

२०८२, श्रावण २५ शनिवार

  • 905
    SHARES

  • आज यी दुई प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    आज राति देशभर साधरणतया बदली रहनेछ । महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भाग र मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    २०८२, श्रावण २५ शनिवार०७:१५:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार