पारित विधेयकमा निजी विद्यालयले आपत्ति जनाएको क्रमश : गैरनाफामूलकले के जनाउँछ ?

पारित विधेयकमा निजी विद्यालयले आपत्ति जनाएको क्रमश : गैरनाफामूलकले के जनाउँछ ?

२०८२, भाद्र ७ शनिवार

  • 969
    SHARES

  • पारित विधेयकमा निजी विद्यालयले आपत्ति जनाएको क्रमश : गैरनाफामूलकले के जनाउँछ ?

    काठमाडौं । अन्ततः लामो रस्साकस्सीलाई किनारा लगाउँदै दुई वर्षदेखि विवादमा अल्झिइरहेको विद्यालय शिक्षा विधेयक संसदीय समितिले सर्वसम्मतिबाट टुंग्याएको छ ।

    सर्वसम्मतिबाटै बिहीबार टुंग्याएपनि  निजी विद्यालय संचालकले क्रमश : गैरनाफामूलक भाषामा आपत्ति जनाउँदै सडक आन्दोलनमा होमिएका छन् । भाद्र ९ गतेबाट विद्यालय बन्द गरेरै सडक आन्दोलनमा उत्रने जनाएका छन् । 

    पारित विधेयकमा निजी विद्यालयलाई क्रमश : गैरनाफामूलक बनाउने प्रावधान राखिएको छ । विद्यालय संचालन गर्दा कम्पनीबाटै संचालन गरेपनि अधिक नाफा कमाउन भने उक्त बुँदाले रोक लगाउने छ । यो प्रावधान हटाउन निजी विद्यालयले दबाब दिएका छन् ।

    निजी विद्यालयलाई शैक्षिक गुठीबाट सञ्चालन गर्ने वा कम्पनीमा राख्ने भन्ने विवादलाई किनारा लगाउने गरि विधेयकमा अन्तत: कम्पनी र शैक्षिक गुठी जुनबाट पनि सञ्चालन गर्न सकिने व्यवस्था राखियो ।

    तर क्रमश : गैरनाफामूलक बनाउने भनेर पनि विधेयकमा राखियो । विधेयकमा राप्रपा बाहेक अरु सबै दलहरू भने क्रमश: गैरनाफामूलक बनाउने पक्षमा एक मत रहेका छन् । 

    २०८२, भाद्र ७ शनिवार०४:४६:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार