राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी 

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी 

२०८२, भाद्र १० मंगलवार

  • 981
    SHARES

  • राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेको उम्मेदवारी 

    काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि कांग्रेस सांसद ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता भएको छ।

    मंगलबार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्थाको सभापतिका लागि उम्मेदवारी दिएकी हुन्।

    उनको प्रस्तावकमा कांग्रेसका रामहरि खतिवडा र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन्।

    सोमवार कांग्रेसले न्यौपानेलाई संसदीय समितिबाट हटाई राज्य व्यवस्था समितिमा ल्याउने निर्णय गरेसँगै न्यौपानेले उमेदवारीका लागि दर्ता गरेकी हुन् । 

    उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि ४ बजेसम्मको समय तोकिएको छ। 

    सभापति चयनका लागि बुधबार दिउँसो ३ बजे बैठक बोलाइएको छ।

    २०८२, भाद्र १० मंगलवार०३:३९:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार