सरोकारवालाको स्वार्थ भन्दा पनि देश र जनताको हितार्थ कानून बन्नु पर्छ : सभापति थापा

सरोकारवालाको स्वार्थ भन्दा पनि देश र जनताको हितार्थ कानून बन्नु पर्छ : सभापति थापा

२०८२, भाद्र १० मंगलवार

  • 873
    SHARES

  • सरोकारवालाको स्वार्थ भन्दा पनि देश र जनताको हितार्थ कानून बन्नु पर्छ : सभापति थापा

    काठमाडौं । कानून निर्माण गर्दा देश र जनताको हितार्थ मात्र हुनपर्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापाले बताएका छन् । 

    भाद्र ५ गते विहिवार समितिको अन्तिम बैठकमा सम्बोधन गर्दै थापाले भने, "सबैका ईच्छा र चाहना सुन्ने हो भने देश र जनतालाई धोका हुन्छ । सबैलाई सहज हुने गरि कानून बनाउँदा जनता पहिलो प्राथमिकता भए मात्र सो कानूनको उपादेयता हुन्छ।"

    समितिले शिक्षा विधेयक पारित गरिरहँदा कसैलाई भेदभाव नगरि, राज्यको थैलो हेरेर कानून निर्माण गरिएकाले आन्दोलनमा गएर देशै भद्रगोल नपार्न र युवावर्गलाई हतोत्साही बनाउने गरि सडकमा नआउन समेत थापाको आग्रह छ ।

    निजी विद्यालयको अधिक व्यापारमुखी माग र शिक्षकले पेशागत अधिक माग मात्र तेर्स्याउँदा झनै असहज अवस्था आउन सक्ने चिन्ता समेत थापाले गरेका थिए । 

    २०८२, भाद्र १० मंगलवार०४:००:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार