कुलिङ पिरियडमा विवादित बनेका खतिवडालाई सुनुवाइ समितिमा लगिँदै

कुलिङ पिरियडमा विवादित बनेका खतिवडालाई सुनुवाइ समितिमा लगिँदै

२०८२, भाद्र १३ शुक्रवार

  • 693
    SHARES

  • कुलिङ पिरियडमा विवादित बनेका खतिवडालाई सुनुवाइ समितिमा लगिँदै

    काठमाडौं । संसदीय सुनुवाइ समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई लगिने भएको छ । 

    त्यसको जानकारी आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गराउनेछन् ।

    कर्मचारीको कुलिङ पिरियडमा भएको गडबडीका कारण विवादमा आएपछि खतिवडाले राज्य व्यवस्था समिति पदबाट राजीनामा दिएका थिए ।

    खतिवडाले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाइएको छ । न्यौपाने यसअघि सुनुवाइ समितिको पनि सभापति थिइन् ।

    न्यौपाने यही भदौ १० गते राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएयता सुनुवाइ समिति सभापतिविहीन छ ।

    २०८२, भाद्र १३ शुक्रवार१२:४४:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार