ट्रम्प प्रशासनलाई सहयोग नगर्ने ५०० पत्रकारलाई बर्खास्त गर्ने तयारी

ट्रम्प प्रशासनलाई सहयोग नगर्ने ५०० पत्रकारलाई बर्खास्त गर्ने तयारी

२०८२, भाद्र १७ मंगलवार

  • 721
    SHARES

  • ट्रम्प प्रशासनलाई सहयोग नगर्ने ५०० पत्रकारलाई बर्खास्त गर्ने तयारी

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका काम कारवाहीलाई सहयोग नगरेको आरोपमा  भ्वाइस अफ अमेरिका (VOA) का करिब ५०० पत्रकारहरूलाई बर्खास्त गरिने भएको छ । 

    यस अघि गत जुन ६३९ कर्मचारीहरूलाई बर्खास्त गर्ने घोषणा गरिए पनि पछि त्यसलाई प्राविधिक कारण भन्दै त्यसलाई स्थगित गरिएको थियो ।

    यति ठूलो संख्यामा पत्रकारहरु वर्खास्त गरिने घटना विश्वकै पत्रकारिताको लागि नौलो घटना भएको बताइएको छ ।

    स्पेनिस भाषामा समाचार प्रसारण गर्ने क्युबा प्रसारण विभागको कार्यालयमा काम गर्ने पत्रकारहरूलाई भने निष्कासन नगरिने भएको छ ।

    VOA को संचालक समितिले संस्थाले प्रवाह गर्ने सुधार गर्न र आर्थिक समस्याबाट मुक्ति पाउनको लागि यो निर्णय गरिएको बताएको छ । कर्मचारी युनियनले पत्रकार निष्कासनको विरुद्ध अदालतमा मुद्दा दिने घोषणा गरेको छ ।

    नाजी प्रचारको प्रतिरोध गर्न दोस्रो विश्वयुद्धको समयमा भ्वाइस अफ अमेरिका (VOA) स्थापना गरिएको थियो, यो एक प्रमुख विश्वव्यापी प्रसारक बनेको छ।

    स्मरण रहोस सरकारको निरन्तरको दवाव पछि भ्वाइस अफ अमेरिकाका धेरैजसो पत्रकारहरू मार्चदेखि प्रशासनिक बिदामा छन् तर पछि केही फारसी भाषी पत्रकारहरूलाई फिर्ता बोलाइएको थियो।

     स्मरण रहोस् (VOA) ले लगभग ५० भाषाहरूमा टिभी, रेडियो र डिजिटल सामग्री प्रसारण गर्दछ।

    २०८२, भाद्र १७ मंगलवार०७:१९:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार