पशुपति मन्दिरमा पनि तोडफोड गर्न खोजेपछि सेना पुग्यो

पशुपति मन्दिरमा पनि तोडफोड गर्न खोजेपछि सेना पुग्यो

२०८२, भाद्र २४ मंगलवार

  • 669
    SHARES

  • पशुपति मन्दिरमा पनि तोडफोड गर्न खोजेपछि सेना पुग्यो

    काठमाडौँ । अराजक र लुटपाट मच्चाउने समूह पशुपतिनाथ मन्दिरसम्म पुगेर तोडफोड र लुटपाटको प्रयास गरेपछि नेपाली सेनाको टोली पुगेर रोकेको छ।

    नेपाली सेनाका सहायक रथि तथा प्रवक्ता राजाराम बस्नेतले अराजक समूह पुगेको सूचनापछि सेनाको टोली त्यहाँ पुगिसकेको बताएका छन्।

    लुटपाट र अराजक गतिविधि नरोकिए सँगै राति १० बजेपछि सेना परिचालन भएको छ । 

    २०८२, भाद्र २४ मंगलवार११:०९:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार