सुरक्षा चुनौति महशुस गर्दै कन्काई जेन्जीद्धारा इलाका प्रहरी कार्यालय पुनः निर्माण

सुरक्षा चुनौति महशुस गर्दै कन्काई जेन्जीद्धारा इलाका प्रहरी कार्यालय पुनः निर्माण

२०८२, भाद्र २६ बिहिवार

  • 881
    SHARES

  • सुरक्षा चुनौति महशुस गर्दै कन्काई जेन्जीद्धारा इलाका प्रहरी कार्यालय पुनः निर्माण

    झापा । भ्रष्टाचार विरुद्धको आन्दोलनमा परि क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय पुनः निर्माण कार्य शुरु भएको छ । 

    भाद्र २३ गते सोमवार काठमाडौंमा भएको प्रदर्शनमा परि १९ जना युवाले शहादत प्राप्त गरेपछि २४ गते देशैभर आन्दोलन चर्किएको थियो ।

    सोही आन्दोलनले देशैभर रहेका प्रहरी चौकी, पालिका कार्यालय, विभिन्न नेताका निवास, संसद भवन, एतिहासिक सिंहदरवार, शितल निवास, सर्वोच्च अदालत लगायत विभिन्न सरकारी कार्यालयमा आक्रमण गरेको थियो ।

    जसले समाजमा लुटपाट, चोरी, हत्याहिंसा समेत बढाएको छ । मंगलवार राती देखि नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएता पनि छिटपुट घटना जारी रहेका छन् ।

    सो तथ्यलाई मध्यनजर गर्दै झापा कन्काई जेन्जीले आफ्नो पालिकाको इलाका प्रहरी कार्यालय पुनः निर्माण शुरु गरेका हुन् । 

    २०८२, भाद्र २६ बिहिवार०४:५९:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार