काठमाडौं । नेपाल भारत मैत्रीसंघ काठमाडौं जिल्ला समितिको पहलमा कुञ्चिप्वाकल माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ ।
विहिवार तारकेश्वर नगरपालिका १ मा अवस्थित विद्यालयका प्रधानाध्यापक राजु नेपाललाई मैत्रीसंघ जिल्ला अध्यक्ष जानुका कार्की गिरीले बसको साँचो हस्तान्तरण गरिन् ।
वस भारतीय राजदुतावासले उपलव्ध गराएको हो । बसमा ३२ सिट छन् ।