आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

२०८२, आश्विन ५ आइतवार

  • 745
    SHARES

  • आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

    काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

    आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।

    कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

    कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

    महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

    २०८२, आश्विन ५ आइतवार०९:२६:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार