नेपाल भारत मैत्रीसंघद्वारा २ मिनट मौनधारण 

नेपाल भारत मैत्रीसंघद्वारा २ मिनट मौनधारण 

२०८२, आश्विन ५ आइतवार

  • 1.0K
    SHARES

  • नेपाल भारत मैत्रीसंघद्वारा २ मिनट मौनधारण 

    काठमाडौं । नेपाल भारत मैत्रीसंघ काठमाडौं जिल्लाले दीप प्रज्वलन सहित २ मिनट मौनधारण आयोजना गरेको छ ।

    गत भाद्र २३ र २४ गतेका दिन देशैभर भएको जेन्जी आन्दोलनमा परि निधन भएकाहरुको स्मरणमा मैत्री संघ काठमाडौं जिल्लाले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । जेन्जी आन्दोलनमा हाल सम्म नेपाली र गैर नेपाली नागरिक गरि ७४ जनाले ज्यान गुमाएका छन् ।

    33.jpeg

    सकारात्मक परिवर्तनको लागि अमूल्य जीवनको बलिदान दिनु हुने अमर शहीदहरुको सम्मानमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको अध्यक्ष जानुका कार्की गिरीले बताईन् । 

    शुसासनको माग गर्ने कलिला विद्यार्थीको निधनमा दुख लागेको तर न्याय दिने सर्वोच्च अदालत र सेवा दिने सिंहदरवारले जनतालाई चित्त बुझ्ने काम नगरेकोमा जलेर खरानी हुँदा पनि आफुलाई दुख नलागेको पत्रकार समेत रहेकी मैत्रीसंघ केन्द्रीय सदस्य विना सिन्हाले जनाइन् । 

    333333.jpeg

    राज्यमा भएको कुशासन तथा भ्रष्टाचारका विरुद्धमा आन्दोलित हुॅदा कलिला भाईबहिनीहरुले जीवन नै उत्सर्ग गर्नु परेकोमा आफुलाई दुखलागेको केन्द्रीय महासचिव श्री प्रसाद कोइरालाले बताए ।

    २०४७ देखि निर्वाचन जित्दै आएका नेताले बोल्ने मात्रै गर्ने गरेका तर घोषणा पत्रमा लेखे बमोजिमका काम नहुनाले देशमा जेन्जी आन्दोलन उठेको वरिष्ठ उपाध्यक्ष कमला ढुंगेलले जनाईन् ।

    २०८२, आश्विन ५ आइतवार१०:०५:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार