नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल, शाक्य हटाइए

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल, शाक्य हटाइए

२०८२, आश्विन ५ आइतवार

  • 725
    SHARES

  • नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल, शाक्य हटाइए

    काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक इञ्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशक इञ्जिनियर हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणकको कार्यकारी निर्देशक पदमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    उहाँहरु दुवैको कार्यवधि चार वर्षको हुनेछ । सिलवाल मन्त्री घिसिंगले रुचाइएका कर्मचारीमा पर्दछन् । 

    २०८२, आश्विन ५ आइतवार१०:२१:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार