राष्ट्रपति पौडेलले गराए नवनियुक्त चार मन्त्रीको शपथग्रहण

राष्ट्रपति पौडेलले गराए नवनियुक्त चार मन्त्रीको शपथग्रहण

२०८२, आश्विन ६ सोमवार

  • 945
    SHARES

  • राष्ट्रपति पौडेलले गराए नवनियुक्त चार मन्त्रीको शपथग्रहण

    काठमाडौं । कार्की मन्त्रीपरिषदका नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

    पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।

    सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।

    पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

    यस अघि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर, मिश्राको भने अन्तिम समयमा आएर नाम हटेको छ । 

    २०८२, आश्विन ६ सोमवार०३:२६:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार