सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो, तोलामैं ३९ सयको वृद्धि

सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो, तोलामैं ३९ सयको वृद्धि

२०८२, आश्विन ७ मंगलवार

  • 737
    SHARES

  • सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो, तोलामैं ३९ सयको वृद्धि

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो ।

    त्यसैगरी आज चाँदी रू दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

    २०८२, आश्विन ७ मंगलवार१२:०२:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार