तुइनखोलाको पहिरो पन्छाइसकेपछि नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा

तुइनखोलाको पहिरो पन्छाइसकेपछि नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा

२०८२, आश्विन ९ बिहिवार

  • 557
    SHARES

  • तुइनखोलाको पहिरो पन्छाइसकेपछि नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा

    काठमाडौं । झण्डैंँ पाँच दिनदेखि तुइनखोलामा खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

    बिहीबार राति पहिरो पन्छाउने काम सम्पन्न भएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । यससँगै अलपत्र यात्रुहरु गन्तव्यतर्फ प्रस्थान गरेका छन् । 

    यस अघि बुधवार केही समय एकतर्फी संचालनमा आए पनि पुनः ढिस्कै खसेर एकसय साठी मिटर सडक पुरेकोमा २४ सै घण्टा चारवटा भन्दा बढी एक्साभेटरको प्रयोग गरेर पैरो हटाए पछि सडक पुनः सुचारु भएको हो । 

    २०८२, आश्विन ९ बिहिवार११:२८:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार