काठमाडौँ । वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बनमा परेका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि ओमनमा हुने विश्वकप छनोटमा भने सहभागी हुने भएका छन् ।
अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आईसीसी टी-२० विश्वकप एसिया र इएपी छनोटमा सन्दीप सहभागी हुने क्यानले जनाएको छ ।
नेपाली १६ सदस्यीय टिम ओमान प्रस्थान गरेको छ । उक्त टिममा सन्दीप पनि छन् ।