जेन-जीको नाममा मनपरी हुँदा समाजमा भ्रम सृजना

जेन-जीको नाममा मनपरी हुँदा समाजमा भ्रम सृजना

२०८२, आश्विन १७ शुक्रवार

  • 629
    SHARES

  • जेन-जीको नाममा मनपरी हुँदा समाजमा भ्रम सृजना

    काठमाडौँ । जेन-जीको नाममा मनपरी गर्ने समूहका कारण समाजमा भ्रम सृजना भएको छ।

    विशेष गरेर असोज २३ गते अर्थात अक्टोबर ९ तारिखका दिन आन्दोलन गर्ने र नगर्ने समूहले छुट्टा-छुट्टै विज्ञप्ति निकालेर समाजमा भ्रम सृजना गरेका हुन्।

    ‘जेन-जी मुभमेन्ट नेपाल’ नामक समूहले शुक्रबार विज्ञप्ति जारी गर्दै यही असोज २३ गते शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ। स्मरण सहोस् २३ गते जेन-जी आन्दोलन सुरु भएको महिना दिन पुग्छ।

    जेन-जी आन्दोलन महिना दिन पुगेको सन्दर्भमा ‘जेन-जी मुभमेन्ट नेपाल’ नामक समूहले २३ गते शान्तिपूर्ण आन्दोलनमा हुने र त्यसमा सहभागी हुन सम्पूर्ण देशभक्त युवापुस्तालाई आह्वान गरेको छ।

    जेन(जीको मागअनुसार अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार छ। जेन(जी मागअनुसार राजनीतिक दल भन्दाबाहिरबाट मन्त्रीहरू पनि सरकारमा पठाइएको भनिएको छ।

    तर यस समूहले युवाले गरेको बलिदानलाई बिर्सन खोज्ने, आफ्ना कुर्सी जोगाउन मात्रै राजनीति गर्ने पुरानो पुस्ताको षड्यन्त्रलाई स्वीकार नसकिने भन्दै आन्दोलन घोषणा गरेको छ।

    सरकार सस्तो लोकप्रियतामा रमाएकोसमेत यो समूहको आरोप छ। ‘सरकार आज लाचार भएर सस्तो लोकप्रियतामा मात्रै अल्झिएको छ। केही छानबिन, केही पक्राउ गरेर जनतालाई अल्म्याउने काम अब चल्दैन। जुन पहिले पनि पटकपटक जनताको आँखामा छारो हाल्न भएका छन्’, विज्ञप्तिमा भनिएको छ।

    तर यस विज्ञप्ति छम्दरुपमा निकालिएको छ। जेन-जी समूह भनेर समूहको कुनै प्रतिनिधिको विज्ञप्तिमा हस्ताक्षर छैन। न त सम्पर्कका लागि केही खुलाइएको छ।

    मात्र यस समूहले आफ्नो स्थान बालुवाटार काठमाडौँ भने खुलाएको छ। आन्दोलन कहाँ हुनेसमेत नखुलाएको यस जेन(जी समूहले समाजमा भ्रम सृजना गरेको छ।

    उस्तै छम्दरुपमा अर्को जेन-जी समूहले फेरि अर्कै विज्ञप्ति जारी गरेर २३ असोजमा जेन-जीको कुनै आन्दोलन नरहेको प्रष्ट पारेको छ।

    बुधबार सार्वजनिक भएको विज्ञप्तिअनुसार ९ अक्टोबर अर्थात २३ असोजमा जेन-जी नाममा हुने भनिएको आन्दोलनमा आफूहरूको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा आफूहरूको सहभागिता नहुने जनाइएको छ।

    ‘हामी स्पष्टरुपमा भन्न चाहन्छौँ कि कुनै पनि किसिमका हिंसात्मक गतिविधि, तोडफोड, आतंक सृजना वा सामाजिक अशान्ति ल्याउने कार्यहरूको हामी पूर्णरुपमा विरोध गर्दछौँ’, जेन-जी मुभमेन्ट एलाइन्स नामको समूहले विज्ञप्तिमा भनेको छ।

    यस समूहले पनि आफ्नो कुनै प्रतिनिधिको विज्ञप्तिमा हस्ताक्षरसमेत गराएको छैन। कुन समूहरु कसको नेतृत्वमा भएको समूह होरु सबै लुकाइएको छ। यस समूहको त स्थान पनि लुकाइएको छ।

    ‘जेन-जी मुभमेन्ट नेपाल’ नामक समूहले बालुवाटार आफ्नो ठेगाना बताएको भए पनि यस ‘जेन-जी मुभमेन्ट एलाइन्स’ नामको समूहले मात्र काठमाडौँ नेपाल भनेर आफ्नो ठेगाना बताएको छ।

    बाँकी यो समूहले न त सम्पर्कका लागि नम्बर दिएको छ न प्रतिनिधि छम्दरुपमा विज्ञप्ति निकालेको छ।

    जेन-जी कुनै एक समूह होइन। त्यसैअनुसार २३ भदौमा आन्दोलन पनि भएको थियो। तर आन्दोलन सफल भइ तत्कालीन सरकारलाई ढालेर आफ्नो सरकार बनाएको जेन-जी समूह अझै पनि संगठित हुन नसक्दा अहिले फरक-फरक धारणाहरू सार्वजनिक भइरहँदा समाजामा भ्रममात्र होइन त्रास फैलने सम्भावना बढेको छ।

    जेन-जीकै अर्को समूहले यसअघि राष्ट्रपतिसँग वार्ता गर्ने भन्दै केही नामहरू सार्वजनिक गरेको थियो। तर त्यस समूहमा सबै समेटिएका छैनन्।

    शुक्रबार देशसञ्चारको सम्पर्कमा आएका एक जेन-जी समूहका एक प्रतिनिधिले राष्ट्रपतिसँग वार्ता गर्न बनाइएको समूह होस् वा आन्दोलन गर्ने भनेर गरिएको प्रचार होस् कुनैमा पनि आफूहरूको संलग्नता नरहेको जानकारी दिए। -देश सञ्चार

    २०८२, आश्विन १७ शुक्रवार०५:५४:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार