तीन दिनसम्म काठमाडौं उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारी आवतजावतमा रोक

तीन दिनसम्म काठमाडौं उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारी आवतजावतमा रोक

२०८२, आश्विन १८ शनिवार

  • 849
    SHARES

  • तीन दिनसम्म काठमाडौं उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारी आवतजावतमा रोक

    काठमाडौैं । सरकारले आगामी तीन दिनसम्म काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

    देशभर ठूलो वर्षा भइरहेकाले बाडी पहिरोको जोखिम बढेसँगै सरकारले असोज १८, १९ र २० गतेसम्म लामो दूरीका सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

    शनिबार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुचना जारी गर्दै विभिन्न ठाउँमा भारी वर्षा तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुवान एवं त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित परिस्थितिको आकंलन गर्दै कोशी, मधेस, बागमति, गण्डकी र लुम्बिनी प्रदेशका सवै जिल्लाबाट चल्ने लामो दूरीका सवारी सञ्चालनमा रोक लगाउन निर्देशन दिएको छ ।

    उक्त अवधिमा यातायात व्यवसायी कसैले पनि अत्यावश्यकबाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन आग्रह गरिएको छ।

    २०८२, आश्विन १८ शनिवार०१:०४:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार