काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग वदला लिन १० वटा समूह सक्रियरहेको अधिवक्ता दिर्घबन्धु सुवेदीले बताएका छन् ।
विश्वका शक्ति राष्ट्रका प्रतिनिधि सामु भारतले अपमान महसुस गरेको तथा प्रचण्डले जति नै मरिहत्ते गर्दा पनि सत्ता हात नलाग्दाको छटपटीमा विभिन्न आवरणका युवालाई उचाल्दा उक्त घटना घट्न पुगेको सुवेदीले जनाएका छन् ।
जेन्जी आन्दोलन आवरणमा देखाइए पनि मूलतः केपी ओली सरकारसँग बदला लिनकै लागि घटना घटाइएको उनको दावी छ ।
भाद्र २३, २४ गतेको आन्दोलनमा परि हालसम्म ७६ जनाले ज्यान गुमाईसकेका छन् । ऐतिहासिक सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगाएत जलेर खरबौंको सम्पत्ति, संरचना तथा अभिलेख जलेर नष्ट भएको छ ।
सुवेदीले आज विहान सामाजिक संजालमा लेखेका छन् , 'बहुपात्र बहुपक्ष सम्मिलित तर आवरणमा जेन्जीको नाम दिइएको यो आन्दोलन निम्न पात्ररपक्षले निम्न विषयमा के. पी ओली सरकारसँग बदला लिन तथा निम्न कारणले घटेको देखिन्छ हैः-
- बालेनले विगतमा खेपेको चरम पेलान
- प्रचण्डले जति नै मरिहत्ते गर्दा पनि सत्ता हात नलाग्नु, लामो समय सत्ता बाहिर हुनुको छटपटी
- अनेक उपाय लगाउदा पनि रवि बाहिर आउनु नसक्नु । राजनैतिक प्रतिसोध साधी रविलाई यो सरकारले जेलमा पठाएको हो भन्ने रा.स्व.पा. को निर्मित भाष्य र कार्यकर्ताको बुझाई ।
- प्र.म.केपी ओली चीन गई लिम्पियाधुरा हाम्रो हो, हामी सरोकारवालासँग समन्वय नगरी गरिएको व्यापारिक सन्धिमा हाम्रो आपत्ति छ भनि विश्वका शक्ति राष्ट्रका प्रतिनिधि सामु चिनिया राष्ट्रपति समक्ष दावी गर्दा भारतले महसुस गरेको अपमान ।
- सरकारले सुशासन दिन नसक्नु, भ्रष्टाचारले देश आक्रान्त हुनु ।
- होस भन्दा पनि जोस बढी देखिने उमेरका युवा युवतीले सम्भावित परिणाम आकलन गर्न नसक्नु ।
- राजावादीहरूले यो व्यवस्था नै खराब छ, यो सरकार खराब छ, नेताहरू खराब छन् भनि देखाउन कुरी बसेको अवसर
- सत्ता साझेदार नेपाली कांग्रेसका सभापति आफ्नो पालोको प्र.म. पद पाउने दिनगिन्ति गरेर मात्र बस्नु, सत्ता साझेदार दलले जे गर्दा पनि उचित प्रतिकृया देखाउन नसक्नु, दोस्रो पुस्ताका नेताले पार्टीभित्र आवश्यक धक्का दिन नसक्नु ।
- प्र.म. केपी ओलीको आफू नै सर्वेसर्वा हुँ भन्ने अहंकार हावी हुनु, पार्टीभित्र फरक मतले स्थान पाउन नसक्नु, फरक मत राख्दा पार्टीभित्र आफ्नो अस्तित्वमा नै आउन सक्ने जोखिमी अवस्था हुनु । तसर्थ अध्यक्ष सामु नेताहरू असल सेवकको रूपमा मात्र प्रस्तुत हुनु ।
- बिदेशी शक्ति खेल्नको लागि नेपाल भुराजनीतिक दृष्टिकोणले आधारभूमि देखिनु र यसको महत्व बढ्दै जानु ।
सुवेदी हाल त्रिभुवन विश्वविद्यालय सार्वजनिक नीति, शुसासन तथा भ्रष्टाचार निवारण अध्ययनका तेस्रो सेमेष्टरका विद्यार्थी समेत रहेका छन् ।